नियम १९
पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने
(१) प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सार्वजनिक विद्यालयमा आधारभूत तह र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको विवरण यकिन गरी सो विवरण मन्त्रालयमा उपलब्ध गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त विवरणको आधारमा मन्त्रालयले सार्वजनिक विद्यालयका आधारभूत तह र माध्यमिक तहका विद्यार्थीका लागि कक्षागत पाठ्यपुस्तकको सेटको वास्तविक मूल्य बराबरको रकम स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम कक्षागत पाठ्यपुस्तकको सेटको वास्तविक मूल्य बराबरको रकम स्थानीय तहले सम्बन्धित विद्यालयलाई उपलब्ध गराउनेछ ।